प्रदेश

कपिलवस्तुमा विद्यार्थीहरुले कोठा नपाएपछि व्यवस्थापनमा लागे विभिन्न संघ संस्था




हरि घिमिरे, २७ साउन ।
कपिलवस्तुमा नि.मा.बि. शिक्षक लाईसेन्सको परिक्षा दिन आएका विद्यार्थीलाई कोठा नभएपछि विभिन्न संघ संस्थाहरुले व्यवस्थापन थालेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु, कपिलवस्तु उद्योग बाणिज्य संघ लगाएतका संस्थाहरुले विद्यार्थीलाई खाने वस्ने व्यवस्थापनमा जुटेका हुन । बाणगंगा नगरपालिका ४ नम्बरमा विद्यार्थीको व्यवस्थापन गर्दै थिए कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलक राम घिमिरे र होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेल लगाएतका पदाधीकारीहरु । दिन भरको चर्को घाममा पनि नभनि कहिँ कतै टाढा वाट आएका विद्यार्थी नठगिउन भन्ने उनिहरुमा चासो देखिन्थ्यो । विद्यार्थीहरुलाई सोझ बुझ गरेर सम्बन्धीत स्थानमा पुर्‍याउने बस्ने खानेको व्यवस्थापन गर्न उनिहरुले पहल गरेका थिए । रात भर प्रतिक्षालयमा विताएका विद्यार्थीहरुले आफ्नो व्यवस्थापन हुने भएपछि ति दुवै सस्थांलाई धन्यवाद दिए । यता संस्थाहरुका पदाधिकारीहरुले कहि कतै विद्यार्थीहरु ठगिएमा, चर्को शुल्क अशुलेको पाईएमा वा आफुलाई अशुरक्षित महशुस भएमा सिधै संस्थाको कार्यलय अथवा नजिकैको संञ्चार संस्था र प्रहरीमा उजुरी गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । बाणगंगामा बस्ने विद्यार्थीहरुलाई दिनको रु ७ सयका दरले खान बस्नको व्यवस्थापन गरिएको होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले प्रेसपाटी अनलाईनलाई जानकारी दिए । विद्यार्थीहरु अहिले होटलहरुका हलमाहरुमा वसेका छन् । होटलका हलहरुमापनि नअटाए कपिलवस्तु उद्योग बाणिज्य संघको हल र शिद्धार्थ क्याम्पसको हलमा राख्ने तयारी गरिएको बताईएको छ ।

प्रकाशित : २७ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६