ब्रेकिंग न्युज

संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेयो



दाङ, २५ साउन । दाङको नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला तीन महिनापछि खोलेको हो।साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्वविद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले बुधवार ताला खोलेको हो।अदालतको आदेशको सम्मान गर्दै उपकुलपति कार्यालय, शिक्षाध्यक्ष कार्यालय, शिक्षाध्यक्ष कार्यालय मातहातमा रहेको शैक्षिक प्रशासन महाशाखा, कुलसचिव र बजेट महाशाखाको कार्यालयको ताला खोलिएको विश्वविद्यालयको आन्दोलरत विद्यार्थी संघले जनाएको छ।विश्वविद्यालयमा लागेको तालाबन्दीविरुद्ध अधिवक्ता कुलबहादुर भण्डारीले गरेको मुद्दामाथि फैसला सुनाउँदै उच्च अदालतले तालाबन्दीले पठनपाठनमा असर पुगेको भन्दै आन्दोलनरत विद्यार्थी संगठनलाई ताला खोल्न अन्तरिम आदेश जारी गरेको थियो।

त्यस्तै अनेरास्वयुले विश्विद्यालयको शिक्षा आयोगको शाखा लगाएको ताला पनि खोलिएको छ। त्यसअघि नेविसंले शिक्षा आयोगमा ताला लगाएको थियो। ताला खोलिएसँगै विश्वविद्यालयको रोकिएको सम्पूर्ण गतिविधि सुरु भएको विश्वविद्यालयका राजिष्ट्रार माधव अधिकारीले बताए।आन्दोलनतर नेविसंघले १४ बुदे माग राख्दै वैशाख १९ गते विश्वविद्यालय केन्द्रीय कार्यालयमा ताला लगाएका थिए। विश्वविद्यालयमा दीक्षान्त तीन महिनाभित्र हुनेपर्ने, विश्वविद्यालयभित्र भएका आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, विद्यार्थीको छात्रावृति दुई सय प्रतिशतसम्म वृद्धि गर्नुपर्ने, आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नुपर्ने, विद्यार्थीहरुको छात्रवृत्ति दुई सय प्रतिशतले वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै विश्वविद्यालयमा तालाबन्दी गरेका थिए।

गत जेठ २९ गते विश्वविद्यालयका तर्फबाट गठित वार्ता समिति र आन्दोलनरत विद्यार्थी संगठन बीचमा वार्ता गरी ११ बुँदामा सहमति भएको थियो। तर नेविसंघले सबै माग राख्दै तालाबन्दी खोलेको थिएन।त्यसपछि दोस्रो चरणको बैठकपछि असार १९ गते नेविसंघले विश्वविद्यालयको मूल गेट र प्रशासन शाखामा लगाएको ताला खाले पनि उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार लगायतका कार्यकक्ष र अन्य महाशाखाहरुमा लगाइएको तालाबन्दी जारी राखेको थियो।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६