प्रदेश

बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत भुसालद्धारा पदभार ग्रहण




कपिलवस्तु, २५ साउन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका खिमानन्द भुसालले पदभार ग्रहण गर्नुभएको छ । भुसालले बाणगंगाको सातौं प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गर्नुभएको हो । यस अघि ६ पटक बाणगंगाका प्रशासकीय अधिकृत परिवर्तन भईसकेका छन् ।
पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधि सहित सरोकारवाला सबैसंग सहकार्य गर्दै बाणगंगालाई सुशासन, पारदर्शिता र जवाफदेहीतामैत्री नगरपालिकाको रुपमा पहिचान दिलाउने बताउनुभयो । उहाँले सेवाग्राहीमैत्री नगरको विकासका लागि आफ्नो सदैव पहल रहने बताउदै यसका लागि नगरवासी सबैले साथ दिनेमा विश्वस्त रहेको बताउनुभयो । जुनसुकै कार्य गर्दा पनि परिणाममुखी हुनुपर्नेमा जोड दिंदै नगरको विकास र नगरवासीको काम सहज रुपमा हुनुनै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो ।

नगर प्रमुख चक्रपाणि अर्याल सहित जनप्रतिनिधि र कर्मचारीहरुद्धारा प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई भव्य स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख चक्रपाणि अर्यालले कर्मचारी संयन्त्रलाई विश्वासिलो र जनउत्तरदायी बनाउन भुमिका खेल्ने विश्वास व्यक्त गर्र्नुभयो । उहाँले जनप्रतिनिधिहरु पाँच वर्षमा आउने जाने भए पनि कर्मचारी संयन्त्र स्थायी सरकार भएको बताउदै जनप्रतिनिधि सफल हुनु नहुनुमा कर्मचारी संयन्त्रको अहम भूमिका रहने बताउनुभयो ।

यस अघि गुल्मीको मुसीकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत भुसाल नेपाल सरकारका उप–सचिव हुनुहुन्छ । उहाँसंग यस अघि विकट जुम्लाको हिमा गाउँपालिका, गुल्मीको मुसीकोट नगरपालिका, अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कुशलता पुर्वक कार्यकारीको रुपमा कार्य गरेको अनुभव छ भने संघीय सरकारका विभिन्न मन्त्रालयमा पनि कार्य गरेको अनुभव रहेको छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६