खोज–अनुसन्धान

लुम्विनीमा धेरै बन अतिक्रमण हुने जिल्लामा पर्यो कपिलवस्तु



कपिलवस्तु २५ साउन । लुम्बिनी प्रदेशमा वन क्षेत्र साँघुरिँदै गएको छ । द्वन्द्व, प्राकृतिक विपत्ति, आन्तरिक बसाईंसराई, गरिवीजस्ता कारणले वन क्षेत्र साँघुरिँदै गएको हो । लुम्बिनी प्रदेशको वन निर्देशनालयका अनुसार अनाधिकृत अतिक्रमणको कारण प्रदेशको वन क्षेत्र १.५ प्रतिशतले खुम्चिएको छ ।प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा ८३४६, कपिलवस्तुमा २३८८, दाङ २१३४ दशमलव १, पश्चिम नवलपरासी ७४६ दशमलव १, बाँके ६०४ दशमलव ४, बर्दिया २८८ दशमलव ८ गुल्मी ८४, रोल्पा ५१ दशमलव २, अर्घाखाँची १८ दशमलव ३, प्यूठान १४ दशमलव ८, पाल्पा १०, गरी कुल १४ हजार ६८६ हेक्टर वन क्षेत्र अतिक्रमण गरिएको छ ।
यस प्रदेशका धेरैजसो तराईका जिल्लामा वन क्षेत्र साँघुरिँदै (खुम्चिँदै) गएको छ । तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा ९ लाख ७४ हजार ३८१ हेक्टर वन क्षेत्र छ । सोही तथ्याङ्कले १४ हजार ६ सय ८६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको देखाउँछ ।
रुपन्देहीमा मात्र आठ हजार तीन सय ४७ हेक्टर वन अतिक्रमणमा परेको छ । प्रदेशका अन्य जिल्लाको तुलनामा सबैभन्दा धेरै अतिक्रमित वन क्षेत्र रहेको जिल्ला रुपन्देही हो । पहाडका जिल्लाभन्दा तराईका जिल्लामा बढी अतिक्रमण भएको देखिन्छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६