अन्तर्राष्ट्रिय

पाकिस्तानमा डेङ्गीको सङ्क्रमण फैलियो



२३ साउन – पाकिस्तानमा डेङ्गीको सङ्क्रमण फैलिँदै गएको छ । डेङ्गी फैलिएपछि पञ्जाब प्रान्तको रावलपिण्डी जिल्लामा आपतकाल घोषणा गरिएको छ ।
स्थानीय स्वास्थ्य विभागका अनुसार डेङ्गीको सङ्क्रमण फैलिएपछि रावलपिण्डी जिल्लालाई अति संवेदनशील जिल्लामा राखिएको छ । त्यहाँका अस्पताललाई डेङ्गी भएका बिरामीको तत्काल उपचार थाल्न निर्देशन दिइएको छ । डेङ्गी नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्ने अभियान सुरु भएको छ ।
एक हजारभन्दा धेरै समूह लामखुट्टे नष्ट गर्ने अभियानमा रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस जातका पोथी लामखुट्टेको टोकाइका कारण यो रोग मानिसमा सर्छ ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६