अन्तर्राष्ट्रिय

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीको विजयी सुरुवात



काठमाण्डौ २२ साउन – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, टोटनह्याम, न्युकासल, बर्नमाउथ र लिड्सले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा चेल्सीले एभर्टनलाई १–० गोलले हराउँदै सुखद सुरुवात गरेको हो ।
चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको इन्जुरी समयमा गरेको पेनाल्टी गोल नै निर्णायक भयो । त्यस्तै हिजो भएको अर्को खेलमा टोटनह्यामले साउथह्याम्पटनलाई ४–१ गोलले हराएको छ । टोटनह्यामका रायन सेस्सेनन्, एरिक डाएर र डेजान कुलुसेभ्सकीले गोल गरे । टोटनह्यामले एक गोल आत्मघाती उपहार पाएको थियो ।
साउथह्याम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले एक गोल गरे । हिजो भएका अरु खेलमा न्युकासल युनाइटेडले नटिङह्याम फरेस्टलाई र बर्नमाउथले एस्टन भिल्लालाई समान २–० गोलले र लिड्स युनाइटेडले उल्भ्सलाई २–१ गोलले हराएको छ । लिभरपुल र फुलह्यामले दुई÷दुई गोलको बराबरी खेलेका छन् । शुक्रवार भएको लिगको उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको थियो ।

प्रकाशित : २२ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६