प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो र डेंगु बिरामीको भीड



बुटवल २० श्रावण — बुटवल रामनगरका ध्रुव आचार्यलाई १० दिनअघि हनहनी ज्वरो आयो । टाउको फुट्लाजस्तै दुख्यो भने कटकटी शरीर खायो । उनी स्थानीय सिद्धबाबा अस्पतालमा भर्ना भए । परीक्षणपछि डेंगु संक्रमण पुष्टि भयो । शरीरको प्लेटनेस अर्थात् रक्तकोषिका घटेर ४० हजारमा झ¥यो । ६ दिनसम्म पनि निको नभएपछि थप उपचारका लागि काठमाडौं पुगेका छन् ।
उच्च ज्वरो आउने, वान्ता हुने र सहनै नसक्ने गरी जोर्नी दुखेपछि सैनामैना, मुर्गियाका रोशन अधिकारी ७ दिनयता लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । खाना खायो कि वान्ता हुँदा कमजोर बनेका उनमा पनि डेंगु संक्रमण देखिएको छ । रक्तकोषिका घटेर नियमित ह्वाइट ब्लड चढाइएको छ । ध्रुव र रोशनजस्तै असार अन्तिम सातादेखि एक हप्तासम्म हनहनी ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर चिलाउने, शिथिल हुने लगायत लक्षणका बिरामी रूपन्देहीमा बढेका छन् । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा १५ दिनमै १८ सय २ जना उच्च ज्वरोका बिरामी उपचारका लागि पुगेका छन् । तीमध्ये १ सय ५१ जनामा डेंगु देखिएको छ । गम्भीर ३० जनालाई अन्यत्र पठाइएको छ ।
असार १५ पछि तराईका जिल्लामा उच्च ज्वरो र डेंगुको संक्रमण ह्वात्तै बढेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणले एकैघरमा अधिकांश थलिंदा पारिवारिक अवस्था बिजोगलाग्दो बनेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धेरै बिरामी बुटवल, तिलोत्तमा र सैनामैनाका छन् । सहरी क्षेत्रमा खाली तथा थोत्रा टायर र पानी जम्ने ठाउँ बढी भएका स्थानमा लामखुट्टे धेरै हुने भएकाले डेंगुको संक्रमण बढी भेटिएको छ । बिरामी निजी र सरकारी दुवैमा गएकाले कति बिरामी छन् भन्नेबारे यकिन तथ्यांकसमेत जिल्ला स्वास्थ्य कार्यालयमा नरहेको सूचना अधिकारी केदार शाहले बताए । उनका अनुसार स्थानीय अस्पतालहरूले परीक्षणका लागि किट मागिरहेका छन् । किट स्टक नहुँदा दिन नसकिएको उनले बताए ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६