प्रदेश

विकास निर्माणका काममा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता



बुटवल २० श्रावण । बुटवल उपमहानगरपालिका भित्रका सरकारी कार्यालयहरुले विकास निर्माणका काममा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । बुटवल नगरभित्रको विकास निर्माणको काममा समन्वय नभएका कारण विकासका काममा अलमल देखिएपछि बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको कार्यालय प्रमुखहरुको छलफल तथा परिचयात्मक कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका कार्यालयबीच समन्वय र सहकार्य भएमा मात्रै बुटवल नगरको समान हिसाबले विकास हुने बताए।
उनले जनताको दैनिक जीवनमा प्रभाव पार्ने खानेपानी, विद्युत, दुरसञ्चार, सडक डिभिजन र आयोजना कार्यालयहरुबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आग्रह गरे । बुटवलको मूख्य सडक विस्तार तथा मर्मतका लागि गम्भीर रुपमा चासो दिन आयोजना कार्यालय र निर्माण कम्पनीलाई उनले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आमजनताको सेवाका लागि खटिने सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गरे । उनले जनताको दैनिकीसँग सरोकार राख्ने र अत्यावश्यक सेवा प्रवाहका काममा गम्भीरतापूर्वक काम गर्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रका हरेक कार्यमा उपमहानगरपालिकासँग समन्वय र सहकार्य गर्न आग्रह गरे । उनले सरकारका लक्ष्य, उदेश्य र योजनाहरु कार्यान्वयनमा लैजाँदै सेवा प्रवाहलाई चुस्त बनाउनका लागि सरकारी कार्यालयबीच समन्वय र सहकार्य जरुरी रहेको बताए ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६