खोज–अनुसन्धान

स्वास्थ्य बीमामा ३ प्रतिशत मात्रै सहभागी,गाँउमा पहुच पुगेन



दाङ २० साउन ।दाङमा हालसम्म करिव २३ हजार व्यक्तिले मात्रै स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड, दाङका अनुसार जिल्लामा २०७७ माघबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म २२ हजार ९ सय ६४ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । सरकारले नागरिकको उपचार सहज बनाउन तथा आर्थिक भार कम गरी स्वास्थ्य उपचारमा नागरिकको पहुँच बढाउने लक्ष्यका साथ शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा शुरु भएको डेढ वर्षको अवधिमा लक्ष्य अनुसार निकै कम व्यक्ति सहभागी भएका छन् ।
स्वास्थ्य बिमा बोर्ड दाङका कार्यालय प्रमुख गोपीलाल वलीका अनुसार, २०७७ माघ १० गतेबाट दाङमा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा बजार क्षेत्रका केहीले बिमा कार्यक्रममा सहभागीता जनाए पनि अझै गाउँपालिका स्तरमा यसको पहुँच पुग्न सकेको छैन ।रकम अभाव, ग्रामीण भेगमा सूचनाको पहुँल नपुग्नु तथा दर्ता सहयोगीको भूमिका प्रभावकारी नहुँदा स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको चासो निकै कम रहेको उनको भनाई छ । हरेक पालिकाको वडा स्तरमा स्वास्थ्य बिमा दर्ता सहयोगी राखिए पनि उनीहरुले प्रभावकारी काम नगर्दा अपेक्षित रुपमा जिल्लामा करीव ३ प्रतिशतले मात्रै स्वास्थ्य बिमा गराएका छन् । जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार दाङमा ६ लाख ७६ हजार जनसंख्या रहेको छ ।

प्रकाशित : २० श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६