अन्तर्राष्ट्रिय

चीनको सैन्य अभ्यासका कारण ताइवानबाट हुने हवाई उडान धमाधम रद्द



साउन १९, एजेन्सी चीनको सैन्य अभ्यासका कारण ताइवानबाट हुने र ताइवानका लागि हुने हवाईजहाजका उडान रद्द भएका छन् । सैन्य अभ्यासका कारण आज बिहीवार ५० भन्दा धेरै उडान रद्द गरिएको ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

ताइवान जाने २६ र ताइवानबाट प्रस्थान गर्ने २५ वटाभन्दा धेरै उडान रद्द भएका छन् । कोरियन र एसियाना एअरलाइन्सले अर्को सूचना जारी नभएसम्मका लागि ताइवानमा हुने उडान रद्द गरेका छन् ।

चीनले ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । उसले कैयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ भने अत्याधुनिक हतियार र उपकरणको पनि प्रयोग भएको छ ।

चीनको कडा विरोध र चेतावनीकै बीच अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले गएको मङ्गलवार र बुधवार ताइवानको भ्रमण गरेपछि चीन आक्रोशित छ । चीनले आगोसँग खेल्नेहरूको अन्त्य निश्चित भएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६