अन्तर्राष्ट्रिय

अमेरिकी सिनेटमा स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी हुने प्रस्ताव पारित




साउन १९, एजेन्सी ।
अमेरिकी सिनेटले स्विडेन र फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सहभागी हुने प्रस्ताव पारित गरेको छ । दुई देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली रहनुभएको थियो ।

अमेरिकाले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो ।गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि नेटोमा सदस्यता थपको विषय गम्भीर बनेको छ ।

यसैबीच चीनले आजदेखि ताइवान आसपासका क्षेत्रमा सुरु गरेको सैन्य अभ्यासको जी–सेभेन समूह देशका विदेशमन्त्रीले संयुक्त वक्तव्य निकालेर चीनको यो अभ्यासले अस्थिरताको जोखिम बढाएको प्रतिक्रिया दिएका छन् ।

जी–सेभेन समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि विवाद बढेको हो ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६