प्रदेश

स्वास्थ्य बीमा कार्यक्रममा दाङमा लक्ष्य भन्दा निकै कम सहभागी, पहुँच नपुग्दा बिरामीलाई आर्थिक भार



दाङ, १९ साउन । दाङमा हालसम्म करिव २३ हजार व्यक्तिले मात्रै स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बिमा बोर्ड, दाङका अनुसार जिल्लामा २०७७ माघबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म २२ हजार ९ सय ६४ जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन् । सरकारले नागरिकको उपचार सहज बनाउन तथा आर्थिक भार कम गरी स्वास्थ्य उपचारमा नागरिकको पहुँच बढाउने लक्ष्यका साथ शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा शुरु भएको डेढ वर्षको अवधिमा लक्ष्य अनुसार निकै कम व्यक्ति सहभागी भएका छन् ।

स्वास्थ्य बिमा बोर्ड दाङका कार्यालय प्रमुख गोपीलाल वलीका अनुसार, २०७७ माघ १० गतेबाट दाङमा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा बजार क्षेत्रका केहीले बिमा कार्यक्रममा सहभागीता जनाए पनि अझै गाउँपालिका स्तरमा यसको पहुँच पुग्न सकेको छैन ।रकम अभाव, ग्रामीण भेगमा सूचनाको पहुँल नपुग्नु तथा दर्ता सहयोगीको भूमिका प्रभावकारी नहुँदा स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको चासो निकै कम रहेको उनको भनाई छ । हरेक पालिकाको वडा स्तरमा स्वास्थ्य बिमा दर्ता सहयोगी राखिए पनि उनीहरुले प्रभावकारी काम नगर्दा अपेक्षित रुपमा जिल्लामा करीव ३ प्रतिशतले मात्रै स्वास्थ्य बिमा गराएका छन् । जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार दाङमा ६ लाख ७६ हजार जनसंख्या रहेको छ ।

जिल्लाका सय वटै वडामा स्वास्थ्य बिमा कार्यक्रम पु¥याउन बिमा दर्ता सहयोगी खटाइए पनि पालिकाका जनप्रतिनिधिहरुले पनि भूमिका सकारात्मक रुपमा नखेलेको पाइएको छ । पालिकाका प्रमुख स्वास्थ्य बिमा कार्यक्रमको संयोजकका रुपमा रहने व्यवस्था छ । दाङको घोराही, तुलसीपुर क्षेत्रमा केहीले स्वास्थ्य बिमा गराए पनि अन्य पालिकाका यसको पहुँच निकै कम रहेको स्वयम् स्वास्थ्य बिमा बोर्ड दाङका प्रमुख वलीले बताए ।

स्वास्थ्य बिमा गराएकाहरुले अहिले जिल्लाको राप्ती स्वास्थ्य वित्रान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल र लमही अस्पतालबाट सेवा लिई रहेका छन् । अन्य ३ ठाउँमा पनि यो सुविधा दिने गरी सूचिकृत गरिएकोमा हालसम्म कोही पनि त्यहाँबाट सेवा नलिएको पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हालसम्म ७ हजारभन्दा बढीले सेवा लिन सफल भएका छन् भने राप्ती प्रादेशिक अस्पतालबाट पाँच हजार बढीले सेवा लिएका छन् । उता, लमही अस्पतालबाट पनि सय जनताले यो सेवा लिएको पाइएको छ ।

१ देखि ५ जनासम्मको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेर बिमा गरेमा वार्षिक १ लाखको, ६ जनाको परिवारको हकमा ४२ सय रुपैयाँ तिरेमा १ लाख २० हजार बराबरको स्वास्थ्य सेवा तथा सोही अनुपातमा परिवार संख्याको अनुपातमा २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचारसहित औषधीमा सहुलियत दिइएको छ । तर, जेष्ठ नागरिक, अपांगता भएकाहरुको हकमा भने यो सुविधा निशुल्क गरिएको उनले बताए ।

प्रकाशित : १९ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६