अन्तर्राष्ट्रिय

बङ्गलादेशसँगको टी–२० श्रृंखला जिम्बावेलाई



काठमाण्डौ १८ साउन – घरेलु टोली जिम्बावेले बङ्गलादेशसँगको तिन खेलको टी–२० श्रृंखला जितेको छ । हरारेमा भएको तेस्रो तथा अन्तिम खेलमा १० रनले विजयी हुँदै जिम्बावेले श्रृंखला २–१ ले जितेको हो ।
तेस्रो खेलमा घरेलु टोलीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । जिम्बावेका भिक्टोर न्युउछीले ३ विकेट लिए । ब्राण्ड ईभान्सले २ तथा लुका जोन्ग्वे, विसेली माधिभिरी, सेन विलियम्सले समान १र१ विकेट लिए । त्यसअघि जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । उसका रायन वर्लले ५४ रनको अर्धशतकीय पारी खेले ।
बङ्गलादेशका मेहीदी हसन र हसन महमुदले समान २र२ विकेट लिए । कप्तान मोसाडिक होसाईन, मुस्ताफिजुर रहमान, नासुम अहमद र मेहमुदुल्लाहले समान १र१ विकेट लिए । पहिलो टि–२० मा जिम्बावे १७ रनले विजयी भएको थियो भने दोस्रो खेल बङगलादेशले ७ विकेटले जितेको थियो । यी दुई देशबीच ती खेलको एकदिवसीय श्रृंखला शुक्रबारदेखि सुरु हुनेछ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६