ब्रेकिंग न्युज

पूर्व मेयर अधिकारी सांसदका बलिया आकांक्षी




अर्घाखाँँची १५ साउन ।अर्घाखाची जिल्लाको १ (ख) बाट नेपाली कांग्रेसले सुर्य प्रसाद अधिकारीलाई उठाउने सम्भावना देखिएको छ । जनमत, लोकप्रियता, काम गर्ने शैलीमा नयापनका साथै कार्यकर्ता र आम नागरिकमा रुचाइएका नेताका रुपमा परिचित अधिकारीलाई नेपाली कांग्रेसले प्रदेशसभाको चुनावमा उठाउने सम्भावना बलियो देखिएको हो ।मंसिरमा हुनसक्ने प्रदेश तथा सघंको चुनावमा उनी प्रदेश सभा सदस्यका लागी पार्टीले सिफरिस गर्ने पहिलो र बलियो उम्मेद्धवार हुन । अधिकारी अर्घाखाची जिल्लाको शितगंगा नगरपालिकाको नगर प्रमुखको जिम्मेवारी एक कार्यकाल पुरा गरी सकेका छन ।

उनको कार्यकालमा नगरमा सडक, शिक्षा, स्वास्थ्य, पुर्वाधार बिकास तथा पर्यटन बिकासका क्षेत्रमा उदारणीय काम गरेर चर्चा कमाउन सफल भएका थिए ।एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाची जिल्लाको प्रदेश (ख) क्षेत्रबाट उनलाई उठाउन केन्द्रिय नेताहरुले समेत तयारी गरेका छन । सरल स्वभावका अधिकारी अर्घाखाचीमा लोकप्रिय छन । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन । नेपाली कांग्रेसको तर्फबाट ३ दशकबाट सक्रिय राजनिति र सामाजिक सेवामा सक्रिय उनी प्रदेश चुनावमा उठने चर्चापरिचर्चा सुरु हुन थालेपछि नेता तथा कार्यकता पनि खुशी देखिएका छन । उता गठबन्धन कायम रहेतापनि अधिकारीनै सर्वमान्य तथा स्वीकार्य नेताका रुपमा रहेको बुझिएको छ ।्

प्रकाशित : १५ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६