जीवनशैली

बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंला सुरु



काठमाण्डौ १३ साउन
नेवार समुदायभित्रका बौद्ध धर्मावलम्बीको पवित्र महिना गुंला सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरु बिहानै आजदेखि एक महिनासम्म विभिन्न तीर्थस्थलमा जाने चलन छ ।
विशेष गरेर काठमाण्डौको स्वयम्भूमा भिड लाग्ने गर्दछ । स्वयम्भूमा बिहानैदेखि दर्शनार्थीको भिड छ । काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, साय्मी, उदाय र महर्जन समुदायका गुंला बाजा समूह दिनहुँ बाजागाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ ।
गुंला महिनामा स्वयम्भूमा उपत्यकाबाट मात्र नभएर उपत्यका बाहिरबाट एक महिनासम्म दिनहुँ हजारौँ भक्तजन आउने गर्दछन् ।
यसैबीच ललितपुरमा आजदेखि ब्वगी जाने भनेर मतयास्को रुट निरीक्षण गर्न जान सुरु भएको छ । हरेक वर्ष स्थानीय बासिन्दा आजका दिनदेखि नै मतयास्को रुट निरीक्षण गर्न जाने गर्दछन् ।
ब्वगी यसपालिको मतयाःको पाली लिएको टोल कोबहालबाट गएरातिदेखि सुरु भएको हो । मतयास्को रुट नसकिउन्जेल हरेक बिहान बाजागाजासहित ब्वगी जाने चलन छ । यसपालिको मतयास् यही साउन २८ गते शनिवार परेको छ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६