खेलकुद

खेलकूद पदाधिकारीवाट पदभार ग्रहण र खेलाडीहरुको सम्मान




कपिलवस्तु १३ साउन।कपिलवस्तुको तौलिहवा स्थित कभर्ड हलमा जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीको पदभार ग्रहण र खेलाडीहरुको सम्मान गरिएको छ । समितिका नव नियुक्त अध्यक्ष राजेश उपाध्याय सहीतका समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत र सम्मानित गरिएको थियो । सांसद अभिषेक प्रताप शाह, प्ुर्व राष्ट्रिय सभाका सदस्य दीर्घ नारायण पाण्डेय, बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल लगायतका टोलीले नव नियुक्त समितिका अध्यक्ष सहीतलाई स्वागत गरेका थिए । सो अवसरमा १२ औ राष्ट्रिय राष्ट्रपति रनिङ शील्ड, प्रदेश स्तरीय खेल , स्थ्रेन्त लिफ्टीङमा उत्कृष्ठ भएका खेलाडीलाई समेत सम्मानित गरिएको थियो । सो अवसरमा सांसद शाहले खेल र खेलाडीलाइृ ३ वटै तहका सरकारले प्राथमिकता दिनु पर्ने बताए ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले केही दिन अघि संपन्न भएका प्रतियोगीतामा उत्कृष्ठ भएका खेलाडीलाई जनही ३१ सयका दरले नगद पुरस्कार दिने घोषणा गरे । सो अवसरमा राष्ट्रिय राष्ट्रपति रनिङ शील्डमा लङजम्फमा स्वर्ण पदक जितको सुदीप थारु, रिलेमा स्वर्ण जितेका तुलसी थारु , करातेमा उत्कृठ भएका प्रशासन्त पुन मगर, भलिवल खेलाडी बुनु आले, सुर्य विक दिपेश कुमार तथा स्ट्रन्थ लिफुटीङका प्रथम भएका ज्ञानेन्द्र प्रसाद कसौधनलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । यस्तै समितका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्ष गोबिन्द चौधरी, कोषाध्यक्ष राकेशमणि त्रिपाठी, तथा सदस्यहरु रिषीकेश श्रेष्ठ, अनन्ता न्यौपाने, बासु घिमिरे, सरोज कुमार सेन, माया बिश्वकर्मा, र प्रदीप जससवाललाई स्वागत गरिएको थियो । समितिका अध्यक्ष उपाध्यायको अध्यक्षतथा र सचिव मीन प्रसाद पोख्रेलको संचालनमा भएको कार्यक्रममा राजेश शाक्य, मीन राज बेल्बासे लगायतले. मन्तब्य दिएका थिए ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६