अन्तर्राष्ट्रिय

दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजसँग भारत २ विकेटले विजयी



काठमाण्डौ ९ साउन – भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई २ विकेटले हराएको छ । जितसँगै भारतले एक दिवसीय क्रिकेटको शृङ्खला एक खेल अगावै जितेको छ । जितका लागि वेष्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य भारतले ४९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेट्टायो ।
भारतका लागि अक्षर पटेल, श्रेयस ऐर र सञ्जु स्यामसनले अर्धशतकीय पारी खेले । अक्षर पटेलले ६४ रन बनाए भने श्रेयस ऐरले ६३ र सञ्जु स्यामसनले ५४ रन जोडे । यस्तै, सुभमन गिलले ४३ तथा कप्तान शिखर धवनले १३ रन बनाए ।
वेष्ट इन्डिजका अलजारी जोशेफ र काइल मेयर्सले दुई÷दुई विकेट लिए । यस्तै, जेदेन सेल्स्, रोमारियो शेफर्ड र अकेल हुसैनले एक÷एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । उसका लागि शाइ होपले सर्वाधिक १ सय १५ रनको शतकीय पारी खेले ।
होपले आफ्नो करिअरको एक सयऔँ खेलमा शतक बनाएका हुन् । यस्तै, कप्तान निकोलस पुरनले ७४ रनको अर्धशतकीय पारी खेले भने काएल मेयर्सले ३९, शमराह ब्रुरक्सले ३५,रोमारियो शेफर्डले १४ र रोभमन पवेलले १३ रन बनाए। भारतका शार्दुल ठाकुरले ३ विकेट लिए भने दीपक हुडा, अक्षर पटेल र युजभेन्द्र चहलले एक÷एक विकेट लिए । पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । तेस्रो खेल पर्सि हुनेछ ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६