प्रदेश

स्वर्गिय गिरिजा प्रसाद कोईरालाको जन्मजयन्तीमा कपिलवस्तुमा बिचार गोष्ठी



कपिलवस्तु, १८ असार ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा बिचार गोष्ठीको आयोजना गरेको छ । पार्टी कार्यालय तौलीहवामा भएको कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आआफनो धारणा राखेका थिए । सो अवसरमा बोल्ने बक्ताहरुले नेपाली राजनिति र सामाजिक क्षेत्रमा गिरिजा प्रसाद कोइरालाको योगदान बारे चर्चापरिचर्चा गरेका थिए । साथै अव आउने प्रदेश तथा सघंको चुनावमा कपिलवस्तुका सबै क्षेत्रमा जित्नका लागी पार्टीका नेता तथा कार्यकताहरु लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनि प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय, पुर्वमन्त्री दिप कुमार उपाध्याय, कपिलवस्तु क्षेत्र नः २ का सभापति तथा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रम जिल्ला उपसभापति हुमकान्त खनालको सभापतित्व र जिल्ला सचिव खोम बहादुर सिहं ठकुरी(शक्ति)को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६