कृषि

सरकारले किसानका लागि मल ल्याउने प्रबन्ध अझैसम्म गरेकाे छैन : ओली



काठमाण्डाै, १८ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँ पनि नगरेको दाबी गर्नु भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने कहीँ पनि नगरेको बताउनु भएको हो । अखिल नेपाल किसान महासंघले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।

सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने स्पष्ट पार्नु भयो ।

‘हामीले सरकार छोडेको मात्रै हिसाब गर्दा मात्रै चामल कसरी आयात भयो ? कृषि प्रदान देश । ६० प्रतिशत जनता कृषिमा संलग्न छ । यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्बर देशमा, जहाँ यति हिमाल, पहाड, उर्बर फाँटहरु छन् । जहाँको जनसंख्या ३ करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यन्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बका आयात गर्छौ चामल मात्रै’, उहाँले भन्नु भयो, ‘हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन । यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि । अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसदमा संसदमा उभिएर भन्नु भयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन । वाणी मिठो थियो । कुरा राम्रो थियो । तर ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? यसरी अलमल्याउने र छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन ।’

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६