प्रदेश

इरानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्पः कम्तीमा पाँच जनाको ज्यान गयो




असार १८, एजेन्सीँ
दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परि कम्तीमा पाँच जनाको ज्यान गएको छ । पछिल्लो विवरण अनुसार घाइते १२ जनालाई अस्पताल भर्ना गरिएको छ।

भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ ।

भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ । चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६