खोज–अनुसन्धान

सरकारले आयूर्बेद औषधी काराखाना खोल्दै :आगामी बर्षवाट संचालनमा आउने



बुटवल १८ असार । लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र चल्ने १२० वटा एम्बुलेन्समा टङयाकिङ सिस्टम जडान गरिएको छ । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले आकस्मिक बिरामीलाई समयमै एम्बुलेन्स उपलब्ध गराउन एम्बुलेन्समा ट्याकिङ सिस्टम जडान गरेको हो ।मन्त्री इन्द्रजित थारुले एम्बुलेन्स ट्रयाकिङका लागि ‘एम्बुलेन्स नेपाल’ नामको मोबाइल एप र निःशुल्क फोन कलमार्फत एम्बुलेन्स सेवा प्रदान गर्न १०२ नम्बरको फोनसहितको प्रादेशिक प्रेषण केन्द्र स्थापना गरेको जानकारी दिनुभयो ।
स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयले दिएको वार्षिक प्रगति विवरण अनुसार लुम्बिनी प्रदेश सरकारले लक्षित जनसङ्ख्याको ९५ प्रतिशतलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिइएको छ ।त्यस्तै, ८९ प्रतिशतलाई दोस्रो मात्रा र ३९ प्रतिशतलाई बुष्टर डोज प्रदान गरिएको छ । मन्त्री थारुले पछिल्लो समयमा सरकारी अस्पतालमा बिरामीको आकर्षण बढ्दै गएको जानकारी दिनुभयो ।
उहाँले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नको लागि सरकारको तर्फबाट धेरै प्रयास भइरहेको बताउँदै स्थानीय जडिबुटीहरुको प्रयोग गरेर आयुर्वेदिक औषधि उत्पादन गर्नको लागि दाङको बिजौरीमा तयारी गरिएको र आगामी आर्थिक वर्षभित्र सञ्चालनमा आउने जानकारी गराउनुभयो ।त्यस्तै, मन्त्रालयले २५ बुँदे वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । प्रदेश विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रममार्फत मुटुको भल्व फेर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर रोग उपचारको लागि २७८ जनालाई सहुलियत प्रदान गरिएको छ ।

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६