खोज–अनुसन्धान

स्थानीय सरकारको सफलतामा मिडियाको हात :मेयर श्रेष्ठ




भगवती न्यौपाने
कपिलवस्तु १७ असार ।जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकारको सफलतामा मिडियाको ठूलो हात हुने बुद्धभूमीका मेयर केशव कुमार श्रेष्ठले वताउनु भएको छ । उहाले पत्रकार समाजको ऐना भएको बताउनु भयो । बुद्धभमि नगरपालिका बुड्डी कपिलववस्तुको आयोजना मेरो साथी एफ.एमको समन्वयमा भएको मिडिया अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । अहिलेका समाचार सामाजिक संञ्जालको स्टाटसको रुपमा केन्द्रित भएको बताउदै पत्रकारले जहिले पनि समाचार लेख्दा सत्य तथ्य समाचार केलाउन आग्रह गर्नु भयो ।
शिक्षा, स्वास्थ्य, कृषिका लागि प्राथमिकताका साथ हेरेको बताउदै पर्यटकिय प्रबद्धनममा पनि नगरले विशेष चासोे दिएको नगर प्रमुख श्रेष्ठको भनाई छ । प्रशासकिय अधिकृत केशव राज सुवेदीले पत्रकारले समाज परिवर्तन गर्ने खालका समाचार लेख्नु पर्ने बताउनु भयो । नगरले मिडियासँग सहकार्य गर्र्दै आएको र आगामि दिन पनि गर्ने उहाँले बताउनु भयो ।पत्रकार माहासंघका अध्यक्ष किरणमान बज्राचार्यले समाजलाई राम्रो दिशा तर्फ डोराउन पत्रकारको विशेष भुमिका रहने बताउनु भयो । पेशालाई मर्यादित बनाउदै कुन समाचार कसरी सम्प्रेषण भएको छ भन्ने कुरा पत्रकारले ख्याल गर्नुपर्ने उहाँले बताउनु भयो ।
पत्रकार महासंघका पुर्व अध्यक्ष मनोज पौडेलले पित पत्रकारीता नभई पत्रकारले खोज पत्रकारीता गर्न सुझाव दिनु भयो । उहाँले आवाज बिहिनका आवाजलाई आफ्नो मिडियाको थलो मार्फत बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।पत्रकार मणि गैरकोे स्वागत मन्तव्यमा भएको कायक्रमको सञ्चालन दलित पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले गर्नु भएको थियो ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६