अर्थ-वाणिज्य

उपमेयर थारुले ९ महिनादेखि उपचार विहिन घोघीको जिम्मा लिइन




पार्वती पाण्डे
कपिलवस्तु १७ असार। बाणगंगा नगरपालिका ११ स्थित दक्षिण चेतियामा ६१ वर्षिया घोघी थारु ९ महिना देखि खटियामै सुतिरहेकी छन । उनी नत बोल्न सक्छीन नत उठ्न सक्छिन । शरीर पुरै दुब्लाएर चाउरी परेको छ । आँखा टुलुटुलु हेर्छिन , नत बोल्न सक्छिन , नत उठ्न सक्छिन । उनको एक कोठे बास छ नत त्यो बासले घाम छेक्छ नत पानी नै छेक्छ वरिपरी ईट्टा लगाईएको छ ।छानो खपटाले छाईएको छ तर ति खपटाहरु जिर्ण अवस्था भएको कारण पानी र घाम छेक्न नसकेको अवस्था छ।
बस्ने झुपडीको कोठाको भूईमा पानी छ त्यसै माथि बिस्तारा बिनाको एक खटिया छ । ति बृद्ध महिलाको ४० वर्षिय छोराजितवहादुर थारु र २ नाती अमन , दर्शन , २ नातिनी महिमा , अनुष्का रहेका छन । पैसा नभएकै कारण आमाको उपचार गर्न नसकिएको छोरा जितवहादुर बताउछन । पानी , घाम नओतने सानो झुपडी बाहेक अरु उनीहरुको सम्पत्तिको नाममा अरु केहि छैन । छोरा जितवहादुरले मजदुरी गरेर जेनतेन साँझ विहानको जोहो टारेका छन ।
वाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले घोघीको अवस्था निकै नाजुक रहेको बताउदै उनलाई उपचारका लागि डाक्टरलाई घरमै व्यवस्था गर्ने , उनीहरुको परिवारलाई गाँसवाँसको व्यवस्था गर्ने बताउनु भएको छ । घरमा रहेका ४ वालवालिकालाई पढाईको व्यवस्थापन समेत गर्नै जनाउनु भएको छ । यसैविच सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहिले उपमेयर थारुको रोहबरमा परिवारलाई राहत स्वरुप रु १० हजार नगद हस्तान्तरण गर्नु भएको छ ।
यस्तै इन्सेक मानवअधिकार निगरानी समिति वाणगंगाका अध्यक्ष इन्दीरा पन्तले घर ओतको लागि त्रिपाल सहयोग गर्नु भएको छ । विहिवार दिउसो उपमेयर थारुको अगुवाईमा अधिकारकर्मीहरु सुर्यकुमारी शाहि , चेतना अधिकारी , इन्दीरा पन्त , वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे , एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा राईको टोली उक्त परिवारको घरमा पुगेर अवस्था वुझेको थियो ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६