खोज–अनुसन्धान

शैक्षिक गुणस्तर बढाउन नगरको त्रिकोणीय नीति : मेयर अर्याल



कपिलवस्तु १६ असार ।शैक्षिक गुणस्तरकालागि विद्यालयहरुको मर्जर ,शिक्षकको दरबन्दी मिलान र शिक्षालय – ब्यवस्थापन पक्षको प्रभावकारी अनुगमनको नीति अख्तियार गरिएको वाणगंगाका मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । शैक्षिक गुणस्तरमा सामाजिक संस्थाको भुमिका विषयक कार्यक्रममा उहाले यस्तो वताउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिकाका मेयर अर्यालले नगरभित्रका शैक्षिक संस्थाहरुलाई व्यवस्थित गर्दै शैक्षिक गुणस्तरमा विशेष ध्यान दिइने बताउनु भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र वाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको यियो ।
कार्यक्रममा बोल्दै मेयर अर्यालले शैक्षिक गुणस्तरका लागि आवश्यकता अनुसारका विद्यालयलाई मर्जर गर्ने काम भएको भन्दै कपिलवस्तुमै पहिलो पटक वाणगंगाले शिक्षक दरबन्दी मिलान गरेर नयाँ सन्देश दिन सफल भएको वताउनु भयो । उहाले आगामी दिनमा अझै व्यवस्थित तवरले शिक्षा क्षेत्रलाई जोड दिने बताउनु भयो । विद्यालयलाई निरन्तर अनुगमन गरिने , सिकाई प्रभावकारीताको लागि शिक्षकहरुलाई तालिमहरु प्रदान गरिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उपमेयर रिता चौधरीले शिक्षा नै आँखाको उज्यालो प्रकाश हुने हुदा यसलाई यस तर्फ नगरपालिकाको विशेष ध्यान हुने बताउनु भयो । नगरभित्रका कुनै विद्यालयमा पढाई नहुने गरेको पाइएको खण्डमा नगरपालिकालाई शिघ« जानकारी गराउन समेत नगरवासीलाई उहाँले आग्रह गर्नु भएको छ । कार्यक्रममा उक्त विषयमा संस्थाका दुई वटा कार्यपत्र प्रस्तुत भएका थिए । संस्थाका पुर्व सचिव रोमाकान्त घिमिरे र शिक्षा शाखा अधिकृत खिमवहादुर जिसीले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६