खोज–अनुसन्धान

एमालेमा समिक्षा,आत्मालोचना,निलम्वन र निष्काशनको रोडम्याप: न्यौपाने




पार्वती पाण्डे
कपिलवस्तु १६ असार । नेकपा एमाले कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको स्थानीय तहको निर्वाचन २०७९ को समिक्षा गरिएको छ । दुवै पालिकाको समिक्षा मदन आश्रित स्मृति भवन तौलिहवामा गरिएको हो । समिक्षा वैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं कृषि तथा पशुपंक्षि विभागका प्रमुख गिरधारीलाल न्यौपानेले आत्मआलोचना सहितको समिक्षाले पार्टी बलियो हुने बताउनु भयो । कम्युनिष्ट पाटी भित्र अन्तरघात गर्न नहुने भन्दै त्यस्ता व्यक्तिलाई भने पार्टीले कडा कारवाहि गर्ने बताउनु भयो ।
उहाले सामान्य कमजोरीलाई आत्मालोचनावाट गंभिर अन्तरघातलाई निलम्वन र पार्टीवाट निष्काशन सहित किनारा लगाउने पार्टीले रोड म्याप वनाउने वताउनु भएको छ । पार्टीमा सबैलाई समान व्यवहार गरिने , पार्टी भित्रको योगदान र संघर्षलाई मुल्यांकन गरिने उहाँले जनाउनु भयो । पार्टी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल पोख्रेलले पार्टी भित्र हुने कमिकमजोरीलाई आत्मसमिक्षाका साथ अघि बढ्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा पार्टी अध्यक्ष डम्मर शर्माले निर्वाचनमा पाटी भित्र अन्तरघात गर्नेलाई कडा कारवाहि गरिने बताउदै जिल्लामा कहि कतै त्यस्तो भएमा प्रमाण सहित लिखित प्रतिबेदन दिन मातहतका सबै कमिटिलाई निर्देशन दिनु भएको छ ।
विगतमा भन्दा यस पटकको निर्वाचनमा मत संख्या बढेको बताउदै आगामी प्रदेश र संघको निर्वाचनमा अझै राम्रो परिणाम ल्याउन सबै लाग्नु पर्ने जनाउनु भयो ।पाटी उपसचिव सुशिला दर्लामीको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश कमिटि सदस्य खुम आचार्य , बाबुराम खनाल, धर्म वहादुरलाल श्रीवास्तव ,हिरालाल पौडेल ,आजादअहमद दर्जी लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा कपिलवस्तु नगर कमिटिका अध्यक्ष श्याम प्रजापति, उपसचिव रुकैया खातुन , यशोधरा गाउँ कमिटिका अध्यक्ष हरमसरिफ मुसलमान,सचिव राजेन्द्र प्रसाद मौर्या लगायत वडा अध्यक्ष समेतले निर्वाचनको रिर्पोटिङ गर्नु भएको थियो ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६