खोज–अनुसन्धान

हरेक वडालाई १ करोड ३५ लाख बजेट : सास्कृतिक नगरपालिका बनाउने प्रकृया शुभारम्भ



कपिलवस्तु १५ असार ।कपिलवस्तु नगरपालिकालाई सास्कृतिक नगरपालिका बनाउने प्रकृया अघि बढाइएको छ । कपिलवस्तु नगरपालिकाको तौलिहवामा आयोजित १२ औं नगर सभाको दोश्रो बैठकले बुद्ध नगरी कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय सर्व सम्मत पारित गरेको हो मेयर सुदीप पौडेलले बताउनु भयो ।बुद्धको माध्यमबाट प्राचिन नगरी कपिलवस्तुको चिनारी र पर्यटकीय विकासकालागि आफुहरुले यो निर्णय पारित गरेको मेयर पौडेलले वताउनु भयो ।

उता १२ नगर सभाबाट आगमी आर्थिक बर्ष २०७९/०८० कालागि नगर पालिकाको ९३ करोड ८४ लाख ७२ हजार बजेट पारित भएको छ । यो बजेटमा सामाजिक सुरक्षा भत्ताको रकम भने समाबेश नभएको प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनु भयो । उप मेयर सुनिता गुप्ताले पेश गरेको बिनियोजन बिधयेक २०७९ समेत पास भएको हो । बजेटमा प्रत्येक वडालाई ८५ लाखको दरले तथा नगरस्तरीय बजेट मार्फत प्रत्येक वडालाई थप ५० लाखका दरले बजेट बिनियोजन गरिएको छ । यस्तै बजेटमा स्वास्थ्य बिमा साझेदारी कार्यक्रम संचालन गर्न एक करोड बजेट बिनियोजन भएको छ । झन्डै साढे १२ हजार लाई बिमामा समाबेश गर्न बिमामा लाग्ने शुल्कको आधा रकम नगरपालिकाले ब्यहोर्ने गरी बजेट छुट्टाइर्एको मेयर पौडेलले वताउनु भयो ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६