अर्थ-वाणिज्य

बन र वाताबरणको संरक्षणमा महिला मात्रै सबल :भट्टराई




भगवती न्यौपाने
कपिलवस्तु १५ असार। वन र वातावरण मानिसकालागि अपरिहार्य बस्तु हुन् । यी दुबैको संरक्षण विना मानव जीवनको अस्तित्व असम्भव छ । तर, वन र वातावरण संरक्षण कसले कसरी गर्ने यसका धेरै उपाय हुनसक्छन् । कपिलवस्तुमा भने मंगलबार वन र वातावरण संरक्षणमा महिलाको अपरिहार्य भूमिका भएको बताइएको छ । घरपरिवारको भान्सा, सरसफाइ, खानेपानी, गाइबस्तुको व्यवस्थासम्मका काम गर्ने महिलाले अनुकुल व्यवहार गर्ने हो भने वातावरण संरक्षण हुने सरोकारवालाहरुले बताएका छन् । वन वातावरण तथा भु संरक्षणमा महिलाको भुमिका कस्तो रहन्छ भन्ने बिषयमा १ दिने अन्तरकृर्या कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
वन वातावरण तथा भु संरक्षण मन्त्रालयको आयोजान र सञ्चारीका समुह नेपाल लुम्बिनी प्रदशेको समन्वयमामा भएको छ । अन्तरकृया कार्यक्रममा सहभागिताहरुले वैज्ञानिक वन व्यवस्थापन गर्दा फडानी उचित छ कि छैन्, वन वातावरण तथा भु संरक्षणमा महिलाको भुमिका के छ ?,ढल निकासा व्यवस्थित नहुदा किसानलाई परेको समस्या, विक्षा रोपण पछि अनुगमनको पाटो नभएको, फोहोर व्यवस्थापनका लागि वन प्रयोग गर्नु कतिको उचित लगायका प्रश्न राखेका थिए ।सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै कार्यक्रमका प्रमुख अतिथि वातावरण तथा भु संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश उपसचिव नारायणदेव भट्राईले समृद्धिका लागि वन वातावरण संरक्षणको अति आवश्यक रहेको बताउनु भयो । उहाँले दिगो वन व्यवस्थापनका लागि बैज्ञानिक वन व्यवस्थापन आवश्यक रहेको बताउदै अहिले बृक्षारोपण फेस्बुकको फेसन भएको बताउनुभयो । विक्षा रोपण गर्दा कुन विरुवा उपयुक्त हुन्छ हेरेर मात्रै विरुवा रोप्न पनि आग्रह गर्नु भयो । यता उमेर पुगेको विरुवा निकाल्दै नयाँ विरुवा रोप्न आनश्यक रहेको उहाँले बताउनु भयो ।
यस्तै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सञ्चारीका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले वातावरण संरक्षणमा महिलाको भुमिकाका बिषयमा बर्तमान अवस्था, वातावरणीय चुनौति,बढ्दो प्रदुषण यसका कारण, वायुप्रदुषण, जलप्रदुषण, माटोप्रदुषण, मरुभुमिकरण लगायतका विषयबस्तुको बारेमा बताउदै नेपालको करिब ७५ प्रतिशत वन महिलाको संरक्षणमा रहेको बताउनुभयो ।कपिलवस्तु डिभिजन वन कार्यलय प्रमुख विजय सुवेदीले वन अतिक्रमण सबै भन्दा ठुलो समस्या भएको बताउनु भयो । वन संरक्षण गर्न सके वन्य जन्तु संरक्षण हुने बताउदै वन तथा वातावरण जोगाउन सबै लाग्नु पर्ने बताउनु भयो ।कार्यक्रममा वाणगंगा नगरपालिका नगर उपप्रमुख रिता कुमारी चौधरीले वन संरक्षण कसरी गर्ने र वातावरणलाई कसरी सुधार गर्ने भनेर नगरले निति तथा कार्यक्रम ल्याएको बताउनु भयो ।

फोहोर व्यवस्थापन मुख्य चुनौति भएकाले नगर ५ वर्षका लागि सम्झौता गरेको बताउनु भयो ।कपिलवस्तु नगरपलिका नगर उपप्रमुख सुनिता गुप्ताले मानवलाई संरक्षण गरे जस्तै वन वातावरण र जिव जन्तुलाई पनि सरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । जिल्ला समन्वय समिति सदस्य सुमित्रा परियारले जिल्ला सान्वय समितिले वातावरण संरक्षणको लागि के गर्र्र्दै छ भन्ने विषयमा आफनो धारण राख्नु भएको थियो ।उक्त कार्यक्रमा कार्यपालिका सदस्य सारदा परियार, कपिलवस्तु डिभिजन वन कार्यालय सहायक बन अधिकृत मदन मोहन,सञ्चारी समूह लुम्बिनी प्रदेशकी पुर्व अध्यक्ष पार्वती पाण्डे, लुम्बिनी प्रदेश कोषाध्यक्ष उषा किरण पन्थ, सदस्य सरिता थारु, रिया क्षेत्री,महिला अधिकार कर्मि,महिला पत्रकारहरुको सहभागिता रहेको थियो । पिस हिमालय रिसोर्टमा भएको कार्यक्रमको सञ्चालन सञ्चारीका समुह नेपाल लुम्बिनी प्रदेश माहासचिव मेनका चौधरीले गर्नु भएको थियो ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६