खोज–अनुसन्धान

बाणगंगा नगरको निर्वाचन समिक्षा : केहिलाई कारवाही सिफारिस




कपिलवस्तु १४ असार । नेकपा एमाले बाणगंगा नगर स्तरिय निर्वाचन समिक्षा मंगलबार सम्पन्न भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९को निर्वाचन समिक्षा मंगलबार सम्पन्न गरेको हो । समक्षिा बैठकले वडा नं ६ र ७ वाट जिल्ला कमिटीका केहि नेता सहितका अगुवा कार्यकर्तालाई कारवाही गर्न जिल्ला कमिटीमा सिफारिस गरेको छ । कारवाही सिफारिस हुनेको विवरण भने गोप्य राखिएको छ । असारको २० पछि हुने जिल्ला कमिटी बैठकले नगरको सिफारिसमाथि आवश्यक निर्णय लिने वताइएको छ ।


समिक्षा कार्यक्रममा एमालेका केन्द्रिय सदस्य एवं कृषि तथा पशुपन्छी विभाग प्रमुख गिरीधारीलाल न्यौपानेले बोल्दै पार्टीलाई बलियो बनाउन, विस्तार गर्न नेता कार्यकर्ता उर्जावान हुनुपर्नेमा जोड दिनु भयो । उहाले अहिलेको माग र आवश्यकताका आधारमा पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरु लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।यस्तै कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज बलराम अधिकारी, जिल्ला अध्यक्ष डम्मर शर्मा, प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिती प्रमुख बाबुराम आचार्य, प्रदेश कमिटी सदस्य एवं बाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्याल, नगर इन्र्चाज शंकर पाण्डे, नगर कमिटी अध्यक्ष युवराज पोख्रेल लगाएतले बोल्दै अब प्रदेश र संघको चुनावमा जित्ने गरि शसक्त रुपमा लाग्नुपर्ने औल्याउनुभएको थियो ।
समिक्षा बैठकमा सबै वडाबाट चुनावि समिक्षा तथा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रम निर्वाचन परिचालन कमिटी बाणगंगा नगरपालिका संयोजक विश्राम प्रसाद थारुको अध्यक्षता, क्षेत्रिय समन्वय समिती सहसंयोजक विश्व कार्कीको सहजिकरणमा सम्पन्न भएको हो । बैठकमा एमालेका जिल्ला सचिवालय सदस्य एवम प्रदेश क्षेत्र १ का इन्चार्ज भेषराज पाण्डे, जिल्ला प्रचार विभाग प्रमुख लक्ष्मण बेल्वासे ,जिल्ला नेताहरु राधेश्याम न्यौपाने ,उमानाथ पौडेल , वाणगंगाका उपमेयर रिता कुमारी थारु लगायतको उपस्थिती थियो । र्

प्रकाशित : १४ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६