अर्थ-वाणिज्य

७ करोड बढीको दोहोनी सिंचाई योजना संचालनमा :७ सय हेक्टरमा सिंचाई हुने




कपिलवस्तु १३ असार । कपिलवस्तु नगरपालिका वडा नं ८ मा निर्माण भएको दोहनी सिंचाई आयोजना संचालनमा आएको छ । पूर्व सिंचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले सोमबार एक कार्यक्रमबीच सिंचाई योजनाको उद्घघाटन गरेका हुन् ।सो क्रममा मन्त्री आचार्यले आफूले सिलन्यास गरेको योजना उद्घघाटन गर्न पाउँदा खुशी व्यक्त गर्दै यस क्षेत्रका किसानहरुको कृषि उत्पादन वृद्धि हुनेमा विश्वस्त रहेको बताए । साथै जिल्लाका अन्य स्थानमा पनि यस्ता योजनाले निरन्तरता पाएको बताए ।

२०७४ सालबाट निर्माण शुरु गरिएको योजनाको सबै काम सम्पन्न गरिएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख पुरुषोत्तम उपाध्यायले बताए । ७ करोड २० लाख ९६ हजार ३ सय ३४ रुपैयाँ लागतमा बाबुल राजन जेभी निर्माण सेवा रुपन्देहीले ठेक्कामार्फत योजना सम्पन्न गरिएको हो ।योजनाबाट ७ सय हेक्टर खेतियोग्य जमीन सिंचाई हुने समेत प्रमुख उपाध्ययाले बताए । योजनाबा६ कपिलवस्तु नगरपालिकाका वडा नं ७ र ८ का किसानहरु लाभान्वित भएको वडा नं ८ का अध्यक्ष शिवकुमार पाण्डेयले बताए । कार्यक्रममा वडा नं ३ का अध्यक्ष प्रकाश गैरे, किसान संघका जिल्ला अध्यक्ष चर्तुभुजमणी त्रिपाठी, दुर्गेश पाण्डेय लगायतले योजनाको रेखदेख र सही सदूपयोग गर्नको लागि शुभकामना दिएका थिए ।

प्रकाशित : १३ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६