प्रदेश

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसमा रक्तदान, ३० पोका रगत संकलन



हरि घिमिरे, १२ असार
नेपाल औषधि व्यवसायि संघले स्थापना दिवसमको अवसर पारेर रक्तदान गरेको छ । औषधि व्यवसायि संघले देशभर ४९औं तथा कपिलवस्तु शाखाको पहिलो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । शुक्रवार बाणगंगा ४ नम्बर हाईटेक प्याथ ल्याव प्रा.लि.मा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल औषधि व्यवसायी संघ कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा ३० पोका रगत संकलन भएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि संघका लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपानेले नियमित रगत दानले मानिसलाई स्वस्थ्य बनाउने बताउनु भयो । “सामाजिक कार्यको नमूना काम हो रगत दान उहाँले भन्नुभयो ” । ‘रगत दानले आफु स्वस्थ हुनुका साथै कसैको जिवन बचाँउछ’ । रोटरी क्लव अफ कपिलवस्तु र नियमित रक्त दाता संघ कपिलवस्तु सहयोगि संस्था रहेको कार्यक्रममा संघका जिल्ला अध्यक्ष डा. धर्मराज भट्टराईको अध्यक्षता, संघका लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपानेको प्रमुख आतिथ्यता, संघका जिल्ला इन्चार्ज मायादेवी भट्टराई, संघका उपाध्यक्ष बिक्रम थापा, सल्लाहकार कृष्ण भट्टराई, महासचिव मणिराम पाण्डे, कोषाध्यक्ष मोतीराज घिमिरे, सचिव महेन्द्रसिंह विष्टको आतिथ्यता रहेको थियो । कार्यक्रममा औषधि व्यवसायी गोपाल खनाल, लक्ष्मी खनाल, संगम श्रेष्ठ, दीपक पन्थी, कृष्ण घिमिरे, लगाएतको उपस्थिती रहेको कार्यक्रम बेदुराम पोख्रेलको संयोजकत्वमा सम्पन्न भएको हो ।

प्रकाशित : १२ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६