अर्थ-वाणिज्य

अपाङता भएकालाई चाहिने सबै सहायक सामाग्री हामी दिन्छौं : मेयर अर्याल




प्रयास पोख्रेल
कपिलवस्तु ११ असार । बाणगंगा नगरपाकिला अपाङता भएकाकालागि चाहिने सहायक समाग्री दिन तयार भएको नगरका मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । उहाले जे समस्या आउछ नगरलाई भन्न आग्रह गर्नु भएको छ । । कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित रास्ट्र्यि अपाङ्ग उत्थान समाजको आयोजनामा नव निर्वाचित जनप्रतिनीधी संग अपाङ्गताका साला सम्वनिध अन्तरकृया कार्यक्रममा प्रमुख अर्यालले यस्तो बताउनुभएको हो । शारीरिक रुपमा अपाङ्गता रहेका व्याक्तिहरु आफैमा सचेत भएर आफ्नो अधिकारको लागी लड्नुपर्ने उहाले बताउनुभयो । नगर भित्र रहेका अपांगता भएका व्यक्तिह लाई सामाजिक, आर्थिक, शैक्षिक तबरबाट माथी उठाउन नगरपालिकाले कुनै किसिमको कसर बाकी नराख्ने उहाँले बताउनुभएको छ।
अन्तरकृयालाई सम्वोधन गर्दै नगरप्रमुख अर्यालले अपाङ्गको अधिकारको लागी स्थानीय सरकार अग्रसर भएको वताउनुभएको छ । कार्यक्रममा वोल्दै उहाले शारिरिक अपांगता भएका व्यक्तिलाई उनीहरुको परिचयपत्र नगरपालिकाबाटै वितरण हुदै आएकोले सुविधा भएको वताउनु भयो ।कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी थारुले अपांगता भएका व्यक्तिले नगरपालिकाबाट पाउनु पर्ने सेवा सुविधाहरु चुस्त दुरुस्त पार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष किसिमका कार्यक्रम ल्याउने बताउनुभयो । थारुले अपाङ्गता व्याक्ति आफु सचेत भइ नगरपालिकामा प्रस्तावना ल्याउन आग्रह समेत गर्नुभएको छ ।उपप्रमुख थारुले नगरपालिका भित्र अब बन्ने सरकारी भवन पुर्ण रुपमा अपाङ्ग मैत्री बन्ने उद्घोष समेत गर्नुभएको छ ।
कार्यक्रममा वोल्दै राष्ट्रिय अपाङ महासंघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा हेरिनुपर्ने वताउनु भयो । शारिरिक रुपमा अपाङ्गता भएपनिे अन्य कामहरु गर्न सक्ने भएकाले शिक्षा,रोजगार लगाएतका अवसर प्राथमिकताकासाथ प्रदान गरिनुपर्ने उहाँले बताउनुभयो ।शर्माले कपिलवस्तु लगाएत अन्य जिल्लाका सम्पुर्ण अपाङ्ग भएका व्याक्तिहरुलाई एकजुट बनाएर अधिकारको लागी लड्ने स्पष्ट पार्नु भयो । कार्यक्रममा वाणगंगा नगरपालिका वडा न. २ का अध्यक्ष बिष्णु पौडेल, ४ का अध्यक्ष छवी रेस्मी, ७ का विष्णु गिरी, ८ का बाबुराम अर्याल, ११ का अध्यक्ष नरेन्द्र चौधरी, कपिलवस्तु सञ्चार सहकारीका व्यवस्थापक भेषराज पाण्डे लगायत अपाङ्ग उत्थान समाज, विभीन्न संघ सस्थाका प्रतिनिधी हरुको उपस्थीती रहेको थियो ।
अपाङ्गता भएका व्याक्तिलाइ दया माया होइन अवसरको खाँचो छ” भन्ने मुल नाराका साथ नेपाल सरकार महिला वालवालीका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोग तथा अपाङ्ग उत्थान समाज कपिलवस्तुको समन्वयमा सम्पन्न भएको कार्यक्रममा अपाङ्ग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुङ्गानाको अध्यक्षता रहेको थियो । कार्यक्रमको सञ्चालन ढाकाराम अधिकारीले गर्नुभएको हो।

प्रकाशित : ११ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६