खेलकुद

लुम्बिनी भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशन बुटवलमा, खेलकुदमा लगानी बढाउन सुझाब



बुटवल, ११ असार। राष्ट्रिय खेल भलिबलको पूर्वाधार विकासमा सरकारको लगानी बढाउनुपर्ने खेलप्रेमीहरुले सुझाव दिएका छन । शनिबार बुटवलमा सम्पन्न लुम्बिनी प्रदेश भलिबल संघको प्रथम साधारण सभा तथा अधिवेशनमा सहभागीहरुले खेल विकासमा सरकारको लगानी बढाउन सुझाव दिएका हुन ।

एक समारोहका बीच अधिवेशनको लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै सरकारका संरचनाहरु संघीयतामा अघि बढ्दै गर्दा खेलकुद संघीय संरचनामा जान नसक्नु दुस्खद भएको बताए । संघीय सरकारको मातहतमा रहेका संरचनामा रहँदा प्रदेशका धेरै खेलकुद गतिविधि अघि बढ्न नसकेको उनले बताए ।

नीतिगत रुपमा ऐन संशोधन गरेर संघीय संरचनामा पुनस् संरचना गर्न जरुरी रहेको उनले बताए । भलिबल खेललाई प्राथमिकता राख्दै यो प्रदेशमा राष्ट्रियस्तरको स्टेडियम र प्रतियोगिताहरु आयोजनाका लागि प्रदेश सरकारको बजेटमा सम्बोधन भएको उनले बताए ।

साबिक मध्यपश्चिमान्चल भलिबल संघका अध्यक्ष देबेन्द्र बैरागीले खेलमा राजनीतिको प्रभाव देखिन नहुने भन्दै ब्यक्तिको क्षमता र दक्षताका आधारमा खेलको नेतृत्व आउनुपर्ने सुझाव दिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष निरोज मास्के, केन्द्रीय सदस्य किशोर आचार्यले भलिबल खेल विकास गर्न सबैको सहयोग जरुरी रहने बताए । भलिबल खेललाई ब्यवसायिक बनाउँदै खेल र खेलाडीको विकासमा लाग्नुपर्ने उनिहरुको सुझाव छ ।

कार्यक्रममा सचिव भिम वलीले प्रदेश संरचना नहुँदा केही कठिनाई देखिएको बताए । यसलाई सुधार गर्दै अघि बढ्ने समेत उनले बताए । प्रदेश परिषद अन्तरगत रहेर जिल्ला र खेल सम्बन्ध संघसंस्थाहरुलाई समेट्ने गरि अघि बढेको बताए । लुम्बिनी प्रदेशका ११ जिल्लामा संघको अधिवेशन सम्पन्न भैसकेको उनले बताए । साभार

प्रकाशित : ११ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६