प्रदेश

प्रचण्ड र माधवबीच भेटवार्ता, मन्त्री हेरफेरबारे छलफल




काठमाडौं, ०९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटमा गठबन्धनको निरन्तरता र सरकारमा मन्त्रीको हेरफेरबारे छलफल भएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका निम्ति यसअघि नै निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम बुझाइसकेको छ । प्रधानमन्त्री देउवाले भने बजेटको कारण देखाउँदै मन्त्रिमण्डल हेरफेरमा ढिलाइ गरेका थिए ।

बजेट पारित भइसकेपनि मन्त्री हेरफेर नभएपछि नेपाल असन्तुष्ट बन्दै गएका छन् । माओवादी केन्द्रभित्र पनि नयाँ मन्त्री पठाउनेबारे बहस जारी छ । प्रचण्डको आग्रह बमोजिम नेपाल केही समय ब्याक भएतापनि पार्टीमा चर्को दबाब सिर्जना भएपछि समस्या देखिएको छ ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अहिलेसम्म मन्त्री फेरबदल नहुनु दुर्भाग्य भएको बताउँदै आउनुभएको छ । यसैबीच आजनै नेपाल र प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका छन् ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६