अर्थ-वाणिज्य

डिजिटल कृषि सूचना तथा प्राविधिकका लागि कृषि बैंक र बाणगंगा बिच सम्झौता



डिजिटल कृषि सूचना तथा प्राविधिक परामर्श सेवा केन्द्र स्थापनार्थ कृषि विकास बैंक लि. प्रदेश कार्यालय भैरहवा र कपिलवस्तुको बाणगङ्गा नगरपालिका बिच सम्झौता भएको छ । स्थानीय स्तरमा रहेका कृषकहरुलाई कृषि सूचना प्रविधिमा पहुँच बढाई कृषि उत्पादन र कृषकको उत्पादकत्व बढाउन र डिजिटल कृषि सुचना तथा प्राविधिक परामर्श सेवा प्रवाह गराउन बाणगङ्गा नगरपालिका सँगको समन्वय र सहकार्यमा स्थानीय कृषकहरुलाई डिजिटल कृषि प्रविधिमा जोड्दै जाने र स्थानीय स्तरमा डिजिटल कृषि सूचना तथा परामर्श सेवा केन्द्र स्थापना गर्न यो सम्झौता गरिएको हो । नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कृषकहरुको जीवनस्तर उकास्ने खालको यो सम्झौता गरिएको हो ।

कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय रुपन्देहीका प्रमुख राजेश कुमार श्रीवास्तव र बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता अनुसार किसान, उनिहरुले खेति गर्ने जमिनको प्रोफाइल र कृषकको उत्पादन योजनाको डिजिटल रेकर्ड राखी सोही अनुरुप कृषकले हरेक दिन हप्तामा गर्नुपर्ने कृषि गतिबिधि तालिकाको सूचना, मलखाद, क्यालकुलेटर, खर्च/लगानीको रेकर्ड जस्ता अन्य सेवा सुविधाहरु ADBL कृषि ज्ञान केन्द्र एप प्रविधि मार्फत उपलब्ध गराउने, किसानलाई कृषि/पशुपालनको प्राविधिक ज्ञान, मौसम र बजारको सुचना तथा जानकारी, रोग किराको पहिचान र समाधान सम्बन्धी जानकारी, प्राविधिक परामर्श तथा सहयोग र आवश्यक सूचनाहरुको प्रचार प्रसार ADBL कृषि ज्ञान केन्द्र एप प्रविधि मार्फत उपलब्ध गराउने, स्थानीय स्तरमा इन्टरनेट र स्मार्ट मोबाईलमा पहुँच नभएका कृषकहरुलाई डिजिटल कृषि सूचना तथा परामर्श सेवा केन्द्र मार्फत सेवा दिने, वेबिनारहरु संचालन गर्ने, व्यवहारिक अभ्यास र सिकाईका लागि प्रदर्शनी स्थल तथा विकासका कार्यक्रमहरु संचालन गर्ने, पालिका स्तरमा कृषि तथा पशु सेवा शाखा Web Enterprise मार्फत कृषक तथा कृषि सूचना, तथ्याकंको व्यवस्थापन, नियमन, विश्लेषण, प्राविधिक परामर्श तथा सहयोग र कृषि प्राविधिकहरुको परिचालनलाई प्रविधिमैत्री बनाउँदै लैजाने,ADBL कृषि ज्ञान केन्द्र मोवाईल एप प्रविधिको प्रभावकारी व्यवस्थापन र दिगो संचालन र संस्थागत गर्नका लागि पालिका, कृषि शाखा/पशु सेवा शाखा तथा स्थानीय स्तरका प्राविधिक तथा प्रतिनिधिहरुको ज्ञान, सीप, क्षमता विकास गरिनेछ ।

त्यस्तै सम्झौता भएसंगै नगरपालिकाको कृषि सेवा हेर्ने सम्बन्धित कर्मचारी/प्राविधिकहरुलाई फिल्डमा ADBL कृषि ज्ञान केन्द्र एप अभिमुखीकरण तथा तालिम संचालनका लागि परिचालन गर्न सहयोग गर्ने, सम्बन्धित स्थानीय निकाय, वडा कार्यालय तथा स्थानीय सामुदायिक समूह, संस्था तथा सहकारीसँग समन्वय गरी कृषकहरुलाई पहिलो पक्षले तोकेको सेवा प्रदायक मार्फत एप्स सम्बन्धी अभिमुखीकरण तथा तालिम प्रदान गर्ने, प्रथम पक्षको समन्वय तथा सहकार्यमा स्थानीय स्तर (वडा) को आवश्यकता बमोजिम “डिजिटल कृषि सूचना तथा प्राविधिक परामर्श सेवा केन्द्र” स्थापना गर्न आवश्यक श्रोत साधन जुटाउने । दोस्रो पक्षलाई कृषि सूचना तथा परामर्श सेवा केन्द्र स्थापना गर्नको लागि पालिकलाई तेस्रो पक्ष मार्फत Kiosk खरिद सहजीकरण गरि उपयुक्त बजेट बिनियोजन गर्ने जस्ता कार्यहरु गरिनेछ ।

त्यस्तै डिजिटल कृषि सूचना तथा प्राविधिक सेवालाई संस्थागत, दिगो र प्रभावकारी बनाउन दोस्रो र तेस्रो पक्ष बीच समन्वयकारी तथा सहयोगीको भूमिका निर्वाह गर्ने, संचालित कार्यक्रमको नियमित रुपमा अनुगमन मूल्याकंन गर्ने जस्ता कार्य कृषि विकास बैंकले गर्नुपर्ने छ ।
यता बाणगंगा नगरपालिकाले डिजिटल कृषि प्रविधि अन्तर्गत डिजिटल कृषि सूचना तथा प्राविधिक परामर्श सेवा केन्द्रलाई पालिका तथा कृषि शाखा तथा पशु सेवा शाखालाई संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन समन्वयकारी तथा सहयोगीको भूमिका निर्वाह गर्ने, आयोजनाको संचालनको नियमित अनुगमन तथा मूल्याकंन र समिक्षा गर्ने र आवश्यक सल्लाह र सुझाव दिने, स्थानीय आवश्यकता बमोजिम “डिजिटल कृषि सूचना तथा प्राविधिक परामर्श सेवा केन्द्र (ई–चौतारी)” स्थापना गर्न सहजीकरण तथा समन्वय गर्ने र आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन, स्थान लगायत अन्य श्रोत साधनको व्यवस्था गर्ने, सम्झौता अवधि पश्चात् कार्यक्रमलाई निरन्तरता दिन आवश्यक समन्वय तथा सहयोग गर्ने कार्य गर्नुपर्ने छ ।

कृषि/पशु शाखाले भने डिजिटल कृषि प्रविधि अन्तर्गत डिजिटल कृषि सूचना तथा प्राविधिक सेवाकेन्द्रलाई संस्थागत र प्रभावकारी बनाउन सम्पर्क व्यक्ति तोकी प्राविधिकहरुलाई आवश्यकता अनुसार परिचालन गर्ने, स्थानिय निकाय तथा कृषि शाखामा सुचिकृत भएका कृषि फार्म, कृषि सहकारी तथा कृषक समुहहरुमा आबद्ध किसानहरुलाई ADBL कृषि ज्ञान केन्द्र एप सम्बन्धी अभिमुखीकरण तथा तालिम प्रदान गर्ने/गराउने, पालिकाको कृषि शाखा द्धारा संचालित हुने अन्य तालिम तथा कार्यक्रमहरुमा विषय वा प्रसंग मिल्ने हद सम्म एप अभिमुखिकरणलाई समावेश गर्ने र किसानहरु माझ पुर्याउन नियमित गतिविधिहरु संचालन गर्ने, आयोजना सम्झौता पछि, सोहि कृषि सम्बन्धि मोवाईल उपयोग गर्दै डिजिटल कृषि सूचना तथा प्राविधिक सेवा नियमित गर्न, कृषक नवीकरण गर्न र अन्य सेवा सुविधा विस्तार गर्न आवश्यक श्रोत तथा बजेटको व्यवस्थापन गर्ने भुमिका निर्वाह गर्नुपर्ने छ ।

सम्झौता पत्रको अवधी वि.सं २०७९ साल असार ७ गते देखी वि.सं. २०८० असार ६ गते सम्म लागु हुने बताईएको छ ।

सम्झौता भएसंगै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नगरवासी कृषकहरुका लागि निकै महत्वपुर्ण भएकाले सम्झौता कार्यान्वयन गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६