प्रदेश

आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने




काठमाण्डौं, ०९ असार ।
आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौं । स्वास्थ्य मन्त्रालयले आज बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ ।

पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र श्रावण २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको हो ।

पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ । मधेस प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ ।

बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा खोप दिइने केन्द्रको भनाई छ । कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ ।

बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जानकारी दिएको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६