अर्थ-वाणिज्य

सडकपेटीमा अवैध कब्जा हटाउने अभियान शुरु



नेपालगञ्ज ८ असार । नेपालगञ्ज उपमहानगरभित्रका विभिन्न सडक पेटी अवैध रुपमा कब्जा गरेर पसल लगाउने, व्यवसाय गर्ने तथा सवारी साधन उभ्याउनेविरुद्ध कडाइ सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त आयोजनामा नेपालगञ्ज नगरभित्र अवैध रुपमा कब्जा गरिएका सडकको पेटी खाली गराउने अभियान सञ्चालन गरिएको हो ।

नगरको सदरलाइन, वडा प्रहरी कार्यालयदेखि त्रिवेणीमोड, ईदगाह रोड, सेतु विक चोक क्षेत्र, सुर्खेतरोडको धम्बोझी चोक र पुष्पलाल चोकसम्मको सडक पेटीलाई अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने वा सामान राख्ने गरेको पाईएकोले खाली गर्ने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६