खोज–अनुसन्धान

कारागारमा बन्दी रहेकी अविवाहित युवतीले जन्माइन् छोरा




दाङ ९ असार ।दाङको तुलसीपुर कारागारमा रहेकी एक बन्दीले बच्चा जन्माएकी छन् । विहे नभएकी बाँके निवासी ३७ वर्षीया एक बन्दीले बच्चा जन्माएकी हुन् । कारागारका जेलर अमर वलीका अनुसार शनिबार राप्ती प्रादेशिक अस्पतालबाट उनले बच्चा जन्माएकी हुन् । उनको छोरा जन्मिएको छ ।

दाङको लालमटियामा रहेको ग्रामिण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अवस्थामा बैंक हिनामिना गरेको भन्दै गएको जेठ २८ गतेदेखि उनी तुलसीपुर कारागारमा थिइन् । उच्च अदालत तुलसीपुरले बैंक रकम हिनामिना गरेको ठहर गर्दै ३० लाख धरौटी तोकेको थियो । तर, उनले ३० लाख तिर्न नसक्ने भएपछि कारागार कार्यालय तुलसीपुरमा थिइन

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६