प्रदेश

बाणगंगाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, के छन महत्वपुर्ण कार्यक्रम? (पुर्णपाठ)




बाणगंगा, ०८ असार ।
कपिलवस्तु बाणगंगा नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । बुधबार बसेको ११ औं नगरसभाले आव ०७९,०८० को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।

बाणगंगा नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार, पर्यटन तथा समग्र विकासलाई प्राथमिकता दिइएको छ ।

नगर सभामा नगर प्रमुख चक्रपाणी अर्यालले १ सय ५७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा भूमि बैंक स्थापना गरी सामूहिक, करार र व्यवसायी खेती प्रबन्ध गर्ने, कृषियोग्य जमीनमा बस्ती विकास र शहरीकरणलाई निरुत्साहित गरि व्यवसायिक कृषि मार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ ।

प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षा, बाणगंगाको प्रतिवद्धता भन्ने नारालाई साकार पार्न बाणगंगाले आफ्नो नीति तथा कार्यक्रममा विद्यालयलाई सूचना प्रविधियुक्त बनाउने कार्य थालनी गर्ने जनाएको छ ।

नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार भन्ने नारासहित सडक निर्माण तथा विस्तार गर्ने कार्यलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगर यातायात गुरुयोजनाले तोकेको मापदण्ड र प्राथमिकताको आधारमा स्तरोन्नती भएका कच्ची सडकहरुलाई क्रमशः कालोपत्रे गर्ने र सो बाहेकका मुख्य मुख्य सडकहरु र गाउँ भित्रका परम्परागत सडकहरुको स्तरोन्नती गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुधबार नीति तथा कार्यक्रम ल्याएको बाणगंगाले यहीँ असार १० गते बजेट ल्याउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । प्रस्तुत नीति तथा कार्यक्रमलाई समेट्ने गरि बजेट ल्याइने उहाँको भनाई छ ।

पुर्ण पाठ:

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६