खोज–अनुसन्धान

औषधिमा नयाँ मूल्य राखेर विक्रीगर्ने तीन जना पक्राउ




रुपन्देही ८असार।औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं। ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी विक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा नागार्जुन गाउँपालिका वडा नं। २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं। ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं। ११ वैतडीका २६ वर्षीय हरिष भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।

अवैध रुपमा विभिन्न प्रकारका औषधि तथा पोषणयुक्त सामग्रीलाई गोदाम गरी नयाँ मूल्य राख्ने तथा म्याद सकिएको औषधिमा नयाँ मिति राखेर विक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो । त्यसका आधारमा घरकोठामा खानतलासी गर्दा तोकिएको मूल्यभन्दा फरक मूल्य कायम गरी लेबल प्रिन्ट गर्दै गरेको अवस्थामा उनीहरुलाई गत सोमबार राति पक्राउ गरिएको प्रनाउ केसीले बताउनुभयो ।प्रहरीले उनीहरुको साथबाट दुई सय कार्टुन विभिन्न प्रकारका औषधि तथा पोषणयुक्त सामग्रीहरु र एक थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रनाउ केसीले जानकारी दिनुभयो ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६