खोज–अनुसन्धान

वली प्रकरणमा छानविन गर्न बनेको टोली दाङमा ; प्रतिबेदन मन्त्री परिषदमा पेश हुने



दाङ ८ असार । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री९वली०को घटनामाथि छानविन गर्न बनेको टोली दाङ आएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, वालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधीबक्ता श्रकृष्ण सुवेदीसहितको टोली दाङ आएको छ । मन्त्री शार्मा मंगलबार राति नै तुलसीपुर आएका हुन्, भने घर्ती र सुवेदी बुधबार विहान तुलसीपुर आएका हुन् । उनीहरुले आज प्रहरी र परिवारका सदस्यसंग छलफल गर्ने छन् । अनुसन्धानका क्रममा खटिएका सबै प्रहरी, एकराज बस्नेत, उनकी श्रीमती, वुवा, दाईलगायतका परिवारका सदस्यसंग कुराकानी गर्ने छन् । उनीहरुले छानवविन गरि प्रतिवेदन तयार पारेर मन्त्रीपरिषदमा पठाउने मन्त्री शर्माले बताए ।
‘हामीले छानविन गरेर प्रतिबेदन तयार गरेर मन्त्री परिषदमा पठाउछौं’,उनले भने‘त्यसपछि यसमा सरकारले आफ्नो धारणा बनाउछ ।’ बजेट पनि पारित गर्नुपर्ने भएकाले छिटो प्रतिबेदन तयार पार्न तर्फ छानविन समितिको टोली लागिरहेको छ । रुउश्रराज्य मन्त्री वलीले केही दिन अघि वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो कारोवार भएको भन्दै घरमै गएकी थिइन । एकराजले ३५ लाख रकम सापटी लिएको र अहिलेसम्म नदिएको भन्दै त्यो रकमका विषयमा छलफल गर्न घर गएको विमलाले बताएकी छिन् ।
तर, घरमा जाँदा एकराज नभेटिएको र घरमा रहेकी श्रीमतिसंग हातहालाहालको अबस्था भएको थियो । एकराजकी श्रीमति मिना बस्नेतले आफूमाथि हातपात गरेको भनी अरोप लगाएकी थिइँन । राज्यमन्त्री वली हाल वुटवल छिन् । प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न मन्त्री शर्माको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । खटिएका सबै प्रहरी, एकराज बस्नेत, उनकी श्रीमती, वुवा, दाईलगायतका परिवारका सदस्यसंग कुराकानी गर्ने छन् । उनीहरुले छानवविन गरि प्रतिवेदन तयार पारेर मन्त्रीपरिषदमा पठाउने मन्त्री शर्माले बताए ।
‘हामीले छानविन गरेर प्रतिबेदन तयार गरेर मन्त्री परिषदमा पठाउछौं’,उनले भने‘त्यसपछि यसमा सरकारले आफ्नो धारणा बनाउछ ।’ बजेट पनि पारित गर्नुपर्ने भएकाले छिटो प्रतिबेदन तयार पार्न तर्फ छानविन समितिको टोली लागिरहेको छ । रुउश्रराज्य मन्त्री वलीले केही दिन अघि वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो कारोवार भएको भन्दै घरमै गएकी थिइन । एकराजले ३५ लाख रकम सापटी लिएको र अहिलेसम्म नदिएको भन्दै त्यो रकमका विषयमा छलफल गर्न घर गएको विमलाले बताएकी छिन् ।
तर, घरमा जाँदा एकराज नभेटिएको र घरमा रहेकी श्रीमतिसंग हातहालाहालको अबस्था भएको थियो । एकराजकी श्रीमति मिना बस्नेतले आफूमाथि हातपात गरेको भनी अरोप लगाएकी थिइँन । राज्यमन्त्री वली हाल वुटवल छिन् । प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न मन्त्री शर्माको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६