अन्तर्राष्ट्रिय

अफगानिस्तान भूकम्पः कम्तीमा ९ सय २० जनाको ज्यान गयो




असार ८, एजेन्सी ।
अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा नौ सय २० जनाको ज्यान गएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ ।

सामाजिक सञ्जालमा प्राप्त तस्बिहरूमा पहिरो गएको र भत्किएको घरहरू देख्न सकिन्छ । भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचरमा लैजाँदै गरेको तस्बिरहरू सार्वजनिक भएको छ । दुर्गम ठाउँका घाइतेहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ ।

तालिबान नेता हिबतुल्लाह अखुन्जादाले सयौँ घर भत्किएको र ज्यान गुमाउनेको सङ्ख्या बढ्ने सक्ने बताउनुभएको छ । अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएस का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झन्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको छ । यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँच सय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भू–मध्य सागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६