अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गयाे, कैयाैँ घाइते



अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ । कैयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ ।  यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँचसय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले तत्काल उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६