ब्रेकिंग न्युज

अखिल (क्रान्तिकारी) को असन्तुष्ट पक्षले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्न राख्यो माग




काठमाडौं ८ असार । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ ।संगठनभित्रको विवादबारे रिपोर्टस क्लबमा उपाध्यक्ष पवन कार्की समूहले पत्रकार सम्मेलन गरेर विशेष राष्ट्रिय महाधिवेशनको मागसमेत गरेको छ ।यस विषयमा पार्टीका शीर्ष नेतालाई समे ध्यानाकर्षण गराइएको कार्कीले जानकारी दिए ।‘विद्यार्थी आन्दोलनले आजसम्म सोचेको जति उपलब्धी हासिल गर्न सकेन । विद्यार्थीको हकहितको लागि काम गर्नुपर्ने अखिल ९क्रान्तिकारी० आफ्नै संगठनभित्रको समस्यामा रुमलिएको छ’, कार्कीले भने ।जनसरोकारका मुद्दा उठाउनुपर्ने संगठन नै अराजक गतिविधिमा फसेको भन्दै उनले तत्काल अहिले भएको अवैधानिक निर्णयहरु खारेज गर्नुपर्ने माग गरे ।
२२औं राष्ट्रिय सम्मेलनले अध्यक्षमा पञ्चा सिंहलाई मात्र जबर्जस्ती निर्वाचित गरेको उनको दाबी थियो । त्यही सम्मेलनबाट सुरू भएको विवाद तेस्रो विस्तारित बैठकसम्म आइपुग्दा छताछुल्ल भएको कार्कीले बताए ।उनले भने,‘त्यतिबेला जबर्जस्ती विधानविपरीत कमिटी घोषणा गरियो ।’केन्द्रीय सदस्य बालकुमार केसीले अध्यक्ष सिंहले ३० वर्षदेखि लागेका विद्यार्थी नेताहरुलाई संगठनका नेतृत्वमा बर्जित गरेर तानाशाही व्यवहार देखाएको आरोप लगाए ।पदाधिकारीहरुले राखेका जायज माग सम्बोधन नगरेर उल्टै कारबाही गरेकोमा उनको आक्रोश छ

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६