खेलकुद

जिल्ला भलिवल संघ कपिलवस्तुको अध्यक्षमा थापा चयन




कपिलवस्तु, ०४ असार ।
जिल्ला भलिवल संघ कपिलवस्तुको अध्यक्षमा भरत थापा सर्वसम्वत चयन हुनुभएको छ । स्वस्थ्यका लागि खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने मुल नाराका साथ आज उद्योग बाणिज्य संघ कपिलवस्तुको सभाहलमा सम्पन्न भएको तेस्रो अधिवेसन तथा छौँठौ साधारण सभा बाट थापाको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्षहरुमामा गम्भिर पुन मगर, असिम सिंञ्जाली, महासचिवमा सुवास सल्यानी, कोषध्यक्षमा विनोद कुमार गुरुङ, सदस्यहरुमा भिखु थारु, राम बहदुर विष्ट, अभिषेक राना, संझना गाहा मगर, रामर्थ मल्ल, खुम बहादुर राना चयन हुनुभएको छ । जसको प्रमुख सल्लाहकारमा बाणगंगा वडा न. ४ का वडा अध्यक्ष समेत रहनुभएका छवि रेश्मीलाई राखिएको छ । रेश्मी जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै सल्लाहकारमा मिन प्रसाद पोख्रेल र उमानाथ पौडेल चयन हुनु भएको छ ।
कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल भलिवल महासंघकी केन्द्रिय उपाध्यक्ष निरज मास्केले जिल्लामा भलिवलको स्थान लाई नयाँ बनेको समितिले माथि उठाउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो “राष्ट्रिय खेल भए पनि भलिवल अहिले अली ओझेलमा पर्न गएको होकि जस्तो देखीएकोले अब सम्पुर्ण भलिवल प्रेमीले भलिवल लाइ माथि उठाउन आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्नुपर्छ ।”

प्रकाशित : ४ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६