खोज–अनुसन्धान

एउटै विद्यालयका ३५ विद्यार्थी एकै पटक बिरामी




गुल्मी ४ असार । गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । जिल्लाको मदाने गाउँपालिकामा रहेको अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या देखिएको उक्त वडाका वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।उक्त विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत ३५ विद्यार्थीमा चिच्याउने, बेहोस हुने, उफ्रने र काम्ने लगायतका समस्या देखिएका छन् । उनीहरु २ महिना अघि पनि यस्तै लक्षणसहित बिरामी परेका थिए । अहिले भने लामो समयसम्म यी लक्षणसहित विद्यार्थीमा समस्या देखिएको विद्यालयले जनाएको छ । बिरामी हुनेमा छात्र र छात्रा दुवै छन् । बिरामी हुनुको कारण अझै खुल्न सकेको छैन ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि शुक्रबार स्वास्थ्यकर्मीको टोली पठाउने बताएका छन् । केही दिन सबै विद्यार्थीको प्रत्यक्ष सम्पर्कमा रहने गरेर उपचार गर्नको लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली पठाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका हुन् । उक्त विद्यालयमा ५ वर्षअघि पनि करिब ४० जना विद्यार्थीमा एकैपटक लामो समयसम्म यस्तै स्वास्थ्य समस्या देखिएको थियोे ।

प्रकाशित : ४ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६