खोज–अनुसन्धान

बुटवलमा चिया प्रदर्शनी, सम्पूर्ण तयारी पूरा




बुटवल ३ असार ।नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा शनिबारदेखि बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी हुने भएको छ । चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा कफी विकास बोर्डले २ दिने चिया प्रदर्शनी आयोजना गर्न लागेको हो ।विहीबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रदर्शनी बारे जानकारी गराइएको हो । चिया प्रदर्शनी बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा आयोजना हुने बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले बताए ।

‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलामा नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिइने बााइएको छ । सही चियाको सही रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६