अर्थ-वाणिज्य

लुम्विनी प्रदेशको बजेट :कपिलवस्तुमा कपिल कागज उद्योगको स्थापना




बुटवल ३ असार ।लुम्विनी प्रदेश सरकारको आव २०७९/८० को बजेटले कपिलवस्तुमा कपिल कागज उद्योग स्थापनाको कार्य अगाडि बढाउने उल्लेख गरेको छ । संघिय सरकारसँगको समन्वय र सहकार्यमा बुटवल धागो कारखाना र नवलपरासीको चिनी मिल पुनर्संरचना तथा सञ्चालनमा र खजुराको कपास खेतीलाई विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख छ ।लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्तुत गर्दै यी घोष्णा गर्नुभएको हो ।
प्रदेश सभाको बुधबार भएको बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले चालूतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । यो कुल बजेटको ३१ दशमलव २६ प्रतिशत रहेको छ ।त्यसैगरी पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात् कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत रहेको छ । यसैगरी वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, ससर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि चार अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ ।आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट तीन अर्ब १० करोड ५९ लाख, सङ्घ र स्थानीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट ७० करोड प्राप्त हुने अनुमान छ ।
त्यसैगरी बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ५४ करोड १७ लाख, ससर्त अनुदानबाट आठ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट ७३ करोड ९० लाख, विशेष अनुदानबाट ४८ करोड ३५ लाख, चालू आर्थिक वर्षको बचत रकमबाट चार अर्ब रहने र आन्तरिक ऋणबाट एक अर्ब परिचालन हुने अनुमान गरिएको छ ।बजेट प्रस्तुत गर्दै मन्त्री खड्काले कृषि, स्वास्थ्य, उद्योग, पर्यटन र शिक्षा क्षेत्रको विकासका साथै तालिम, सीप विकास, आर्थिक सामाजिक सशक्तीकरण, विपन्न वर्गको क्षेत्रको विकास माथि उठाउन प्राथमिकता दिएको बताउनुभयो ।
्र

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६