प्रदेश

सरकारले आइतवारको बिदा खारेज



काठमाण्डौ – सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको खानेपानी मन्त्री उमाशंकर चौधरीले जानकारी दिनुभयो ।पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।‘हामीले परीक्षणको रूपमा मात्रै दुई दिनको बिदा लागू गरेका थियौँ तर हाम्रै सरकारी कार्यालय, निजी क्षेत्र, शैक्षिक क्षेत्र सञ्चारमाध्यमलगायतको सुझावका आधारमा आइतवारको बिदा खारेजीको निर्णय भएको हो’, मन्त्री चौधरीले भन्नुभयो ।

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६