खेलकुद

बाणगंगालाई ८० शिक्षक चाहिएकोछ :मेयर अर्याल




प्रयास पोख्रेल
कपिलवस्तु १२ जेठ । शुर्योदय माध्यमिक बिधालय बाणगंगा नगरपालिका वडा न. ११ बरवा कपिलबस्तुले ३७/३८औ अभिभावक दिवस पुरस्कार बितरण तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बिदाइ समारोहमा बोल्दै बाणगंगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चक्रपाणी अर्यालले बिधालयको समुन्नत बिकासको लागी लागी पर्नु भएकोमा निबर्तमान प्र्र.अ. जगन्नथ मरासीनिलाइ धन्यबाद साथै आगामी दिनको शुभकामना दिनु भयो । साथै कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले अबको शिक्षालाइ उपलब्धिमुलक बनाउनको लागी शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्नुपर्ने बताउनुभएको छ ।कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले बाणगंगामा ८० जना शिक्षकको आबस्यकता रहेको र केन्द्रसंग समन्वय गरी शिक्षक माग गरीने समेत बताउनुभएको छ ।
यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख रिता चौधरीले नगरमा शिक्षाको गुणस्तर बृद्धी गर्नको लागी पुर्बाधार बिकासलाइ पहिलो प्राथमिकतामा राखेको औल्याउनु भयो । योग्य शिक्षक उत्पादन गरी नियुक्तीको ब्यबस्था मिलाउने बताउनु भयो । । शैक्षीक क्षेत्रको बिकास नभए नगरको बिकासमा पनी प्रतक्ष असर पर्ने बताउदै शैक्षीक गु०ास्तर युक्त जनशक्ती बनाउन नगरपालिका सधै लागीपरेको बताउनुभएको छ । कार्यक्रममा बिद्यालयका निमित प्रधानअध्यापक टिकाराम घिमीरेले बिधालयको आर्थिक तथा प्रगती प्रतिबेदन प्रस्तुत गर्दै विद्यालयको बारेमा बताउनु एको थियो ।
बिधालयको निबर्तमान प्रधानअध्यापक जगन्नाथ मरासिनी ३८ बर्ष ६ महिना लामो कार्यकाल पछि अवकास लिनुभएको र साथमा अन्य ४ जना शिक्षकको समेत बिदाइ गरिएको हो । विदाई हुने शिक्षकलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष टेक बहादुर झेडी, वडा न. ११ का वडा अध्यक्ष नरेन्द्र थारु, वडा न. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेल, नगरका शिक्षा साखा प्रमुख खिम बहादुर जि.सी लगायतको आतिथ्यता रहेको थियो भने बिद्यालयमा बिभिन्न शिक्षा लगायत बिधामा उत्कृष्ट हुने बिधार्थीलाइ पुरस्कार समेत प्रदान गरीएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुव्र चन्द्र थारुको अध्यक्षता, शिक्षक कमल प्रसाद ढुङगानाको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कृष्ण प्रसाद खनाल र सरस्वती गौतमले गर्नु भएको थियो ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६