प्रदेश

दाङका पालिकामा काँग्रेसको बर्चस्व




दाङ, १२ जेठ ।
दाङका पालिकामा काँग्रेसले बर्चस्व जमाएको छ भने वडामा नेकपा एमाले अगाडि छ । दश स्थानीय तहमध्ये काँग्रेसले पाँच, नेकपा माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ । दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ ।

घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डिसी विजयी हुनुभएको छ भने तुलसीपुर उपमहानगरको नगर प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् । त्यस्तै काँग्रेसले लमही नगरपालिकासहित राजपुर, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजयी हासिल गरेको छ । यी पालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुवै जित हात पारेको हो ।

त्यस्तै माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ । यी तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन् । राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा काँग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रीतेन्द्रबहादुर थापाले बताए । दाङमा १० स्थानीय तह छन् ।
वडामा एमाले धेरै
वडामा भने एमालेले धेरै सिट जितेको छ । एकसय वडा रहेको दाङमा एमाले ४० वडाध्यक्ष जित्न सफल भएको छ । त्यस्तै काँग्रेसले ३७ र माओवादी केन्द्रले १९ वडा जितेको छ । त्यस्तै एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक तथा स्वतन्त्रले दाङमा दुई वडा जितेको छ ।

घोराहीमा १३ वडा एमालेले जितेको छ भने पाँच वडा काँग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । तुलसीपुरमा १९ वडामध्ये १० वडा एमालेले, पाँच वडा काँग्रेस, तीनमा माओवादी केन्द्र र एउटा स्वतन्त्रले जितेको छ । लमही नगरपालिकामा आठ वडा काँग्रेस र एउटा वडा माओवादी केन्द्रले जितेको छ । राप्ती गाउँपालिकामा एमालेले चार, माओवादी केन्द्रले दुई, काँग्रेस, जनमोर्चा र एकीकृत समाजवादीले एक÷एक वडा जितेका छन् ।

गढवामा माओवादी केन्द्रले चार, एमालेले दुई र कांग्रेसले दुई वडा जितेको छ । दङ्गीशरण गाउँपालिकामा चार वडा एमालेले जितेको छ भने तीन वडा काँग्रेसले जितेको छ । बङ्गलाचुली गाउँपालिकामा चार वडा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने चार वडा काँग्रेसले विजयी हासिल गरेको छ । बबई गाउँपालिकामा कांग्रेसले चार र एमालेले तीन पालिका जितेको छ ।

राजपुर गाउँपालिकामा माओवादी केन्द्रमा तीन एमाले र काँग्रेसले दुई÷दुई वडा जितेका छन् । शान्तिनगरमा काँग्रेसका तीन, एमालेका दुई, माओवादी र स्वतन्त्रता एकरएक वडाध्यक्ष निर्वाचित भएका छन् ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६